Logo

Jul 01 2025 | २०८२, असार १७गते

Jul 01 2025 | २०८२, असार १७गते

images

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर रद्द

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर रद्द

  • काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर रद्द भएको छ ।

    मानुषी लघुवित्तले श्रृजनशील लघुवित्तसँगको मर्जर रद्द भएको जानकारी नेपाल स्टक एक्सचेन्ज  (नेप्से) मार्फत गराएको हो । 

    नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम दुई कम्पनीबीचको मर्जर प्रक्रिया रद्द भएको बताइएको छ। राष्ट्र बैंकले यही कात्तिक २ गते पत्रमार्फत दुई कम्पनीको मर्जर प्रक्रिया रद्द गर्न निर्देशन दिएको बताइएको छ । 

    यी दुई कम्पनीबीच मर्जरका लागि २०७९ चैत २ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij