Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

आजको मौसम : उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना


नया सडक

२०८१, कात्तिक १९ सोमबार

  • 345
    Shares

  • आजको मौसम : उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै भारतको पश्चिम बंगाल आुपाल रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जनाएको छ ।

    सोमबार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।

    बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा, बाँकी पहाडी भूभागका थोरै स्थानहरुमा तथा तराई भूभागका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमतापको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    यसैगरी, राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमतीर गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस