काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले लाभांश प्रस्ताव पारित गर्न मंसिर ७ गते साधारण सभा डाकेको छ । सभा, नेपाली चुलो, लाजिम्पाट काठमाडौंमा बिहान ८ बजेदेखि सुरु हुनेछ । साधारण सभामा कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
बोनस वितरणपछि कायम हुने चुक्ता पुँजीबाट १ः१.२५ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि रहेको छ ।साधारण सभा र लाभांश प्रयोजनका लागि यसले कात्तिक २८ गते बुक क्लोज गर्दैछ ।