Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

टिकटकका माउ कम्पनी बाइटडान्सका संस्थापक झाङ भए चीनका सबै भन्दा धनी


नया सडक

२०८१, कात्तिक १९ सोमबार

  • 474
    Shares

  • टिकटकका माउ कम्पनी बाइटडान्सका संस्थापक झाङ भए चीनका सबै भन्दा धनी

    काठमाडौँ । टिकटकको लोकप्रियताले सामाजिक सञ्जालको मूल कम्पनी बाइटडान्सका ४१ वर्षीय सहसंस्थापक झाङ यिमिङलाई चीनको सबैभन्दा धनी व्यक्ति बनाएको छ ।हुरुन रिसर्च इन्स्टिच्युटले हालै सार्वजनिक गरेको हुरुन चाइना रिच लिस्ट २०२४ अनुसार झाङ ४९.३ बिलियन डलरको कुल सम्पत्तिका साथ पहिलो पटक देशका धनी व्यक्तिको सूचीमा सबै भन्दा माथि पुगेका । सन् १९९९ देखि यो सूची स्थापना भएको वर्षदेखि चीनको सबैभन्दा धनी व्यक्तिको शीर्ष स्थानमा रहेका उनी १८ औं व्यक्ति हुन्। टिकटकले  संस्थापक झाङलाई बोतलको पानी बनाउने कम्पनीहरूका ठूलो कम्पनी नोङफु स्प्रिङका संस्थापक झोङ शान्सनलाई चीनको सबै भन्दा धनी व्यक्तिको स्थानबाट हटाएर त्यो स्थानमा पु¥याएको हो ।पानी कम्पनीका मालिक तीन वर्षदेखि चीनका सबै भन्दा धनी व्यक्तिको रूपमा भइरहेका थिए ।

     गत वर्ष ११० अर्ब डलर आम्दानी गरेको कम्पनीको २२५ अर्ब  डलर भन्दा माथिको मूल्याङ्कन भएको अनुमान छ। वेडबस सेक्युरिटीजका अनुसार कम्पनीको मूल्यको करिब १०० अर्ब डलरको लागि टिकटकको  एक्लै योगदान छ । सन् २०२३ मा १५ करोड मासिक सक्रिय प्रयोगकर्ताहरू थिए । डिमान्डसेजका अनुसार १ अर्बभन्दा बढी विश्वव्यापी सक्रिय प्रयोगकर्ता रहेको अनुमान छ।

    अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाएपनि उसको लोकप्रियतामा कमी नआएको देखिएको छ ।अमेरिकी सरकारले बाइटडान्सलाई यो सम्भावित राष्ट्रिय–सुरक्षा जोखिम भएको भन्दै प्रतिबन्ध लगाएको हो ।झाङले २०२१ मा बाइटडान्स सीईओको पदबाट राजीनामा दिए ।तर अझै पनि कम्पनीको २०% स्वामित्व उनको छ। बाइटडान्सले हुरुनको सूचीमा चीनको सबैभन्दा मूल्यवान ५०० कम्पनीहरूको शीर्ष ५ मा स्थान बनाएको छ । हुरुन ग्लोबल युनिकर्न इन्डेक्स २०२४ मा यो संसारको सबैभन्दा मूल्यवान कम्पनी थियो ।

    शानशानको सम्पत्ति २४ प्रतिशतले घटेर ४७.९ बिलियन डलर पुगेको छ । एक समय चीनका सबैभन्दा धनी व्यक्ति ६० वर्षीय ज्याक मा युनको सम्पत्ति गत वर्षको तुलनामा ३ प्रतिशतले घटेको छ । यो गिरावटसँगै ज्याक मा चीनको १० औं धनी व्यक्ति बनेका छन् ।

    टिकटक नेपाल र भारतमा मात्र नभइ विश्वरभर चर्चित छ । तर, सन् २०२० मा भारत–चीन सीमामा भएको झडपपछि भारतीय सरकारले टिकटकलगायत ५९ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो ।

    भारतमा यसलाई प्रतिबन्ध लगाउँदा विश्वभर डेढ अर्बभन्दा बढी पटक डाउनलोड भइसकेको थियो । यी डाउनलोडहरूमध्ये एक तिहाइ भारतीयहरूले नै गरेका थिए । अहिले विश्वका धेरै देशले यसलाई प्रतिबन्ध लगाएका छन् । यद्यपि यो एप अझै पनि धेरै देशहरूमा प्रयोग गरिन्छ । 
    गत वर्ष लगाइएको प्रतिबन्ध नेपाल सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गरेको छ । टिकटकले सरकारको शर्त पूरा गर्ने जनाएपछि फुकुवा गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस