Logo

Jun 19 2025 | २०८२, असार ५गते

Jun 19 2025 | २०८२, असार ५गते

images

ग्लोबल आइएमई बैंकको साधारण सभा  मंसिर  २७ गते , ५.५  प्रतिशत लाभांश पारित गर्ने

ग्लोबल आइएमई बैंकको साधारण सभा  मंसिर  २७ गते , ५.५  प्रतिशत लाभांश पारित गर्ने

  • काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रस्तावित ५.५  प्रतिशत लाभांश मंसिर  २७ गते पारित गर्ने भएको छ । कात्तिक १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले मंसिर २७ गते १८औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

    सभा नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजे सुरु गर्ने निर्णय कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । यो साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ९ गते एक दिन बुक क्लोज गर्ने निर्णय समेत गरेको छ ।

    बुक क्लोजको आधारमा मंसिर ६ गते बिहिवारसम्म कायम शेयरधनीहरू  मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij