Logo

May 16 2025 | २०८२, जेठ ४गते

May 16 2025 | २०८२, जेठ ४गते

images

शुक्रबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा बाह्य उडान ३० प्रतिशतले कटौती हुँदै

शुक्रबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा बाह्य उडान ३० प्रतिशतले कटौती हुँदै

  • काठमाडौँ । शुक्रबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाह्य र आन्तरिक उडान ३० प्रतिशतले कटौती हुने भएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन लागेकाले उडान कटौती गर्न लागेको जनाएको हो ।ट्याक्सी वे बनाउन कार्तिक २३ गतेदेखि विमानस्थल दैनिक १० घण्टा बन्द हुन लागेको छ ।विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्न लागिएको हो ।गर्मी याममा काम गर्न नसकिने, त्यसै बेला मनसुन पनि हुने भएकोले अहिलेको समय मात्र विकल्प भएको प्राधिकरणका पदाधिकारीहरू बताउँछन् ।


    जहाज ल्याण्ड भएपछि एप्रोनसम्म आउनका लागि समानान्तर ट्याक्सी वे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छैन् ।  रनवे नै प्रयोग गरेर एप्रोनसम्म आउनुपर्ने हुन्छ । यो रनवेमा जहाजले बढी समय लिन्छ । ट्याक्सी वे बनेपछि जहाज चाँडै नै ट्याक्सी वेमा निकालेर एप्रोनमा ल्याउन सकिनेछ । यो सुविधा भए रनवेको अकुपेन्सी टाइम घट्ने छ । यो समानान्तर ट्याक्सी रनवेको निर्माण पूरा भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको क्षमता २५ प्रतिशतले बढ्ने विश्वास गरिएको छ ।

    प्राधिकरणले सो स्तरोन्नतिको कामले बाह्य उडान मात्रै नभएर आन्तरिक उडानमा पनि ३० प्रतिशत कटौती हुने भएकोले हवाई कम्पनीको व्यापार पनि सोही अनुपातमा घट्ने देखिन्छ ।तत्काल घाटा हुने भएपनि पछि यसबाट फाइदा पुग्ने प्राधिकरणका उच्च पदाधिकारीहरूको भनाइ छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij