Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

अक्टोबरमा पर्यटक आगमन निराशाजनक


नया सडक

२०८१, कात्तिक २० मंगलबार

  • 258
    Shares

  • अक्टोबरमा पर्यटक आगमन निराशाजनक

    काठमाडौँ । यो वर्षको अक्टोबर महिनामा अपेक्षा गरिए अनुसार पर्यटक आगमनमा कमी आएको छ । पर्यटक आउने मुख्य मौसममा अपेक्षित पर्यटक आगमन कम भएबाट सरकारी लक्ष्य पूरा हुने गाह्रो देखिएको हो ।नेपाल पर्यटन बोर्डले जनाए  अनुसार अक्टोबर २०२४ मा १ लाख २४ हजार ३ सय ९३ पर्यटक नेपाल आए । यो संख्या अघिल्लो ‘पिक सिजन’ भन्दा कम हो ।सन् २०१९ को यसै महिनाको तुलनामा समेत कम पर्यटक आएको बोर्डको तथ्यांकले दर्शाउँछ ।पर्यटन बोर्डका पदाधिकारीहरूका अनुसार प्राकृतिक विपत्तिले गर्दा पर्यटक आगमनमा असर गरेको छ ।पदयात्रामा आउने पर्यटक आगमन सन्तोषजनक रहेको उनीहरूको भनाइ छ ।

    अक्टोबर २०१९ मा १ लाख ३४ हजार ९६ पर्यटक नेपाल आएका थिए । अक्टोबर २०२३ मा १ लाख १७ हजार ३ सय ६ आएको तथ्यांक छ । यो महिना अघिल्लो वर्षको तुलनामा भने ६ प्रतिशत धेरै पर्यटक आए पनि अपेक्षित पर्यटक आगमन नभएको सरोकारवालाको चिन्ता रहेको छ ।

    यो वर्ष १० महिनामा साढे ९ लाख पर्यटक नेपाल आएका छन् । पर्यटन बोर्डका अनुसार यो वर्ष सबैभन्दा धेरै मार्चमा १ लाख २८ हजार १ सय ६७ पर्यटक आएका थिए । अप्रिलमा १ लाख ११ हजार ३ सय ७६ र अक्टोबरमा १ लाख २४ हजा ३ सय ९३ पर्यटक आएका थिए ।बोर्डले जनाए अनुसार जनवरीमा  ७९ हजार १ सय, फेब्रुअरीमा ९७ हजार ४ सय २६, मार्चामा १ लाख २८ हजार १ सय ६७, अप्रिलमा  १ लाख ११हजार ३ सय ७६ मेमा  ९० हजार २ सय ११ , जुनमा  ७६हजार ७ सय ३६, जुलाईमा  ६४हजार ५ सय ९९, अगस्टमा ७२मा ७ सय १९, सेप्टेम्बरमा  ९६सय ३ सय ५, अक्टोबरमा १ लाख २४ हजार ३ सय ९३ पर्यटक आगमन भएको हो ।

    अक्टोबरमा भारतीय र अमेरिकी पर्यटक आगमन करिब करिब उस्तै रहेको छ । बोर्डको तथ्यांक अनुसार अक्टोबरमा १६ हजार ३ सय १३ भारतीय र १६ हजार २३ अमेरिकी पर्यटक नेपाल आएका छन् ।यसैगरी बेलायतबाट ८ हजार १९ र चीनबाट ७ हजार ७ सय ५० पर्यटक, अस्ट्रेलियाबाट ६ हजार ९ सय २९, जर्मनी ६ हजार १८, फ्रान्स ५ हजार ४ सय ८५, बंगलादेश ४ हजार ४ सय ७६, श्रीलंका ३ हजार १ सय २५ र इटालीबाट २ हजार ६ सय ३५ जना आएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस