Logo

Aug 28 2025 | २०८२, भदौ १२गते

Aug 28 2025 | २०८२, भदौ १२गते

images

ट्रम्प २४६ मा ह्यारिस १८२ स्थानको जितका साथ पछ्याउँदै, जितका लागि २७०

ट्रम्प २४६ मा ह्यारिस १८२ स्थानको जितका साथ पछ्याउँदै, जितका लागि २७०

  • काठमाडौँ । मंगलबार राति अमेरिकाका नयाँ राष्ट्रपति पदका लागि भएको मतदान मतगणनाको पछिल्लो नतिजा अनुसार  पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले  अग्रता कायम गरेका छन् ।काठमाडौ । मतगणनाको शुरुवातदेखि नै पछि परेकी उपराष्ट्रपति कमला ह्यारिसले अझ पछ्याइरहेकी छिन् ।नेपाली समय बुधबार  ११ बजेर ३८ मिनेट   जाँदासम्म ट्रम्पले ५३८ मध्ये २३० स्थानमा जित हात पारेका छन् भने ह्यारिसले १८२ स्थानमा जित हात पारेको अमेरिकी टेलिभिजन सीएनएनले जनाएको छ ।

    कडा प्रतिस्पर्धा भएकोले अहिलेसम्म को जित हात पार्ने स्पष्ट भने भइनसकेको जनाइएको छ ।पछिल्ला केही विश्लेषहरूका आधारमा दुवै उम्मेदवारले अन्तिम समयमा मतदाताहरूको निर्णायक रुझान एक वा अर्को पक्षमा जानेछ भनेर ट्रम्प वा ह्यारिस पक्षले राखेको अपेक्षा अहिलेसम्म हेर्दा पुरा नभएको जस्तो देखिएको हो ।

    ’स्विङ स्टेट’ को अवस्था के छ?

    जित्नै पर्ने अवस्था रहेको जोर्जा र नर्थ क्यारलाइनामा पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२० को तुलनामा परम्परागत क्षेत्रहरूमा अझै राम्रो गरेको पाइए अनुसार ट्रम्पले अहिले अग्रता कायम गरेका छन् ।  कमला ह्यारिसले सहरी र सहरबाहिरका काउन्टीहरूमा बाइडनले ल्याएको सङ्ख्यामा नै मत ल्याइरहेका देखिएको छ । अहिलेसम्म उनले उल्लेख्य सुधार हासिल गरेको देखिएको छैन्।

    अहिलेको मतान्तरमा परिवर्तन हुनसक्ने भएपनि जोर्जा र नर्थ क्यारलाइनामा ट्रम्पको साँघुरो जितको अर्थ सबै जनाको नजर डेमोक्र्याटिकहरूको किल्ला रहेका द ग्रेट लेक्सको आसपासका राज्यहरूमा हुनेछ।

    अहिलेको विन्दुमा विस्कन्सिन, मिशिगन र पेन्सिल्भेनिआ ह्यारिसका लागि ह्वाइट हाउसमा पुग्न सघाउन सक्ने सम्भवतः एउटै बाटो हुनसक्ने देखिएको छ । र पेन्सिल्भेनिआको अन्तिम मत परिणाम कयौँ दिन नआउनसक्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij