Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

स्वावलम्बन लघुवित्तको ४४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्री खुला , सर्वसाधारणले  खरीद गर्न पाउने


नया सडक

२०८१, कात्तिक २१ बुधबार

  • 204
    Shares

  • स्वावलम्बन लघुवित्तको ४४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्री खुला , सर्वसाधारणले  खरीद गर्न पाउने

    काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ४४ हजार १४३ कित्ता संस्थापक शेयर कात्तिक २१ गतेदेखि सर्वसाधारण लगानीकर्ताले समेत खरीद गर्न पाउने गरी विक्रीमा आएको छ । कम्पनीले मंसिर ५ गतेसम्म आवेदन दिन सक्ने गरी यी शेयर विक्रीमा ल्याएको हो ।

    प्रतिकित्ता ५६७ रुपैयाँ मूल्य अंकित गरिएको यी शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरू सँगै अन्य व्यक्ति तथा संस्थाले समेत आवेदन दिन पाउने व्यवस्था छ । मंसिर ५ गते अपरान्ह २ बजेभित्र विक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । आवेदन पेश गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता माग गर्नुपर्ने व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस