Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

एनएलजी इन्स्योरेन्सले मंसिर ११ गतेदेखि ६२.५६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै


नया सडक

२०८१, कात्तिक २१ बुधबार

  • 204
    Shares

  • एनएलजी इन्स्योरेन्सले मंसिर ११ गतेदेखि ६२.५६ प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै

     

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ६२ दशमलव ५६ प्रतिशत हकप्रद शेयर मंसिर ११ गतेदेखि निष्कासन गर्ने भएको छ । कम्पनीले बुधवार हकप्रद शेयर निष्कासन गर्ने मिति तय गरेको हो । यो हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोजको मिति भने कम्पनीले यस अघिनै तय गरेको थियो । कम्पनीले कात्तिक २७ गते एक दिन उक्त हकप्रद शेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा कात्तिक २६ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न सक्नेछन् ।

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । कात्तिक २६ गतेसम्म कायम शेयरधनीहरुले यो हकप्रद खरीदका लागि पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । 

    हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ । 

    प्रतिक्रिया दिनुहोस