Logo

Sep 08 2025 | २०८२, भदौ २३गते

Sep 08 2025 | २०८२, भदौ २३गते

images

२५ हजार मेट्रिक टन डीएपी मल ल्याउने ठेक्का आदित्य बिरला ग्लोबल ट्रेडिङ सिंगापसरले पायो

२५ हजार मेट्रिक टन डीएपी मल ल्याउने ठेक्का आदित्य बिरला ग्लोबल ट्रेडिङ सिंगापसरले पायो

  • काठमाडौँ ।  कृषि सामाग्री कम्पनीले २५ हजार मेट्रिक टन डियामोनियम फोस्फेट(डीएपी) ल्याउन जिम्मा आदित्य बिरला ग्लोबल ट्रेडिङ सिंगापसरलाई दिएको छ।कम्पनीले बिहिबार एक सूचाना जारी गरी २५ हजार मेट्रिक टन डीएपी ल्याउने जिम्मा आदित्य बिरला ग्लोबल ट्रेडिङ सिंगापसरले ठेक्का पाएको जनाएको हो ।

    कृषि सामाग्री कम्पनीले दुई महिना अघि मल ल्याउन ठेक्का आह्वान गरेको थियो । सो आह्वान गरिए अनुसार  आदित्य बिरला ग्लोबल ट्रेडिङले १ करोड ८९ लाख ७५ हजार डलर अर्थात नेपाली रुपैयाँ करिब २ अर्ब ५४ करोड २६ लाख ५० हजार रुपैयाँमा उक्त ठेक्का पाएको हो ।ठेक्का सम्झौता भएको १०७ दिनमा कम्पनीले डीएपी मल ल्याइसक्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij