Logo

Jun 19 2025 | २०८२, असार ५गते

Jun 19 2025 | २०८२, असार ५गते

images

सुपर मादी हाइड्रोपावरको खुद नाफा ५०.८४ प्रतिशतले बढ्यो

सुपर मादी हाइड्रोपावरको खुद नाफा ५०.८४ प्रतिशतले बढ्यो

  • काठमाडौँ । सुपर मादी हाइड्रोपावरको खुद नाफा ५०.८४ प्रतिशतले बढेर १६ करोड १३ लाख १ हजार रुपैयाँ पुगेको छ ।१ वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी घटे पनि वित्तीय खर्च नियन्त्रण हुँदा खुद नाफा बढेको हो ।

    विद्युत् बिक्रीबाट हुने आम्दानी २.५७ प्रतिशतले घटेर ४२ करोड १५ लाख ८४ हजार रुपैयाँमा सीमित भएको छ । वित्तीय खर्च २९.३२ प्रतिशतले घटेर १६ करोड ३५ लाख ४१ हजार रुपैयाँमा सीमित भएको छ ।
    असोज मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी २ अर्ब १० करोड र जगेडा कोषमा ३० करोड ५ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी ३० रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ ३१ पैसा छ । 

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij