काठमाडौं ।सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको साधारण सभा मंसिर १४ गते बोलाएको छ । सभा, स्मार्ट दरबार, शंखरपार्क, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ ।
यसले ४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।साधारण सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
सभा प्रयोजनका लागि यस कम्पनीले कात्तिक २६ गते सोमबार बुक क्लोज गर्ने भएको छ ।