Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

कक्षा ११ र १२ का पुराना विद्यार्थीले दिन पाउने भए मौका परीक्षा

कक्षा ११ र १२ का पुराना विद्यार्थीले दिन पाउने भए मौका परीक्षा

  • काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ का पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीहरूलाई मौका परीक्षाको अवसर दिएको छ। बोर्डले शुक्रवार सूचना जारी गर्दै मौका परीक्षाको आवेदन फारम भर्नका लागि अनुरोध गरेको छ।

    बोर्डका अनुसार  कक्षा ११ र कक्षा १२ सञ्चालनका लागि सम्बन्धन प्राप्त माध्यमिक विद्यालयरक्याम्पसमा अध्ययन गरेकाले यो अवसर पाउने छन्।

    ‘कक्षा ११ वा १२ को परीक्षामा सम्मिलित भई अङ्कन प्रणालीमा कुनै विषयमा अनुत्तीर्णरअनुपस्थित वा अक्षराङ्कन पद्धतिमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका (पुरानो ग्रेडिङ्ग प्रणाली अनुसार डी र इ ग्रेड प्राप्त गर्ने) परीक्षार्थीहरू (कक्षा १२ का लागि रजिष्ट्रेशन नम्बरको शुरुका दुई अङ्क ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ का लागि ५६ वा सोभन्दा बढी र ७६ वा सो भन्दा कम भएका)लाई अन्तिम एकपटकका लागि अनुत्तीर्ण भएका वा तोकिएको ग्रेडप्राप्त नगरेका विषयको परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ’, सूचनामा भनिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij