Logo

Jul 12 2025 | २०८२, असार २८गते

Jul 12 2025 | २०८२, असार २८गते

images

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम सम्झौता गर्ने माओवादी अध्यक्ष प्रचण्डको चिन्ता

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम सम्झौता गर्ने माओवादी अध्यक्ष प्रचण्डको चिन्ता

  • काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।विगतमा केपी शर्मा ओलीले सैद्धान्तिक सहमतिसमेत दिइसकेको जनाउँदै  पूर्व प्रधानमन्त्री प्रचण्डले अब सम्झौता गर्न सक्ने चिन्ता व्यक्त गरेका हुन् ।

    आज आइतबार बिहान मकवानपुरको हेटौंडामा आयोजित पत्रकार भेटघाटमा प्रचण्डले एमसीसीभन्दा अझ गम्भिर प्रकृतिको अर्को चिज एसपीपीलाई भनिन्छ । त्यो एसपीपीलाई पनि अहिलेका प्रधानमन्त्रीजीले अघिल्लोपटक नै सैद्धान्तिक सहमति दिइसकेको कुरा अमेरिकन मिडियाहरुमा आइसकेको र अमेरिकन सरकारले त्यसलाई आधिकारिक रुपले भनी पनि सकेकोले यो गम्भिर चिन्ताको विषय भएको प्रचण्डले बताए ।

    यो सरकार नेपालको राष्ट्रिय स्वाधिनताको सौदाबाजी गर्ने, आफ्नो कुर्र्सी बचाउनको निम्ति राष्ट्रप्रति घात गर्नेतिर अगाडि बढ्ने त होइन ? भनी प्रश्न गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सैद्धान्तिक सहमति आफैं पनि गम्भिर विषय बताए ।पूर्वप्रधानमन्त्री प्रचण्डले यस्ता विषयहरुमा जनतालाई सुसूचित गराउने, सतर्क गराउन आवश्यकता रहेको समेत बताए ।

    २०७९ असार २ गते पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओली नेतृत्वको तत्कालीन सरकारले नै एसपीपी सम्झौता गरेको आरोप लगाएका थिए भने तत्कालीन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्यसलाई प्रमाणित गर्न प्रचण्डलाई चुनौती दिएका थिए ।तर एसपीपीमा सहभागिताका लागि सरकारका तर्फबाट नेपाली सेनाले सन् २०१५ मा पत्र पठाएको थियो । त्यसपछि सन् २०१७ मा पनि अर्को फलोअप स्वरुप सोही व्यहोराको पत्र नेपाली सेनाले पठाएको थियो ।

    त्यतिबेला यसबारे विवाद भएपछि नेपाली सेनाले २०७२ को भूकम्पका बेला क्षमता अभिवृद्धिका लागि मात्र अमेरिकी सेनाबाट सहयोग मात्र मागेको स्पष्ट पारेको थियो ।तत्कालीन सैनिक प्रवक्ता नारायण सिलवालले त्यतिबेला नेपाल महाभूकम्पबाट आक्रान्त भएकोले  उद्दार र राहतका लागि विभिन्न देशबाट सेना पनि आएको बताए ।त्यतिबेला बाहिर देशको सेनाका सदस्यले नेपालमा वीरगति पनि प्राप्त गरेका थिए । त्यो सन्दर्भमा विपद्का बेला नेपाली सेना नै अन्तिम स्रोत रहेछ भन्ने भान भयो र क्षमता अभिवृद्धिका लागि सहयोग मागेको सिलवालले बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij