Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

तेह्रथुम पावरको खुद नाफा ७२.८४ प्रतिशतले बढ्यो


नया सडक

२०८१, कात्तिक २५ आइतबार

  • 210
    Shares

  • तेह्रथुम पावरको खुद नाफा ७२.८४ प्रतिशतले बढ्यो

    काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म गत वर्षको सोही अवधिको तुलनामा ७२ दशमलव ८४ प्रतिशत बढी खुद नाफा गरेको छ । गत वर्ष पहिलो त्रैमाससम्म २ करोड ६६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ४ करोड ६० लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो ।

    यस वर्ष कम्पनीको आम्दानी बढेसँगै नाफामा सकारात्मक प्रभाव परेको हो । गत वर्ष विद्युत विक्रीबाट ७ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष १८ प्रतिशतले बढाएर ८ करोड २७ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको हो । वित्तीय खर्च यस वर्ष कम भएको छ । गत वर्ष २ करोड ७३ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष २ करोड १२ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो । कम्पनीको कर्जामा समेत यस वर्ष कमि आएको छ ।

    अल्पकालिन कर्जा गत वर्ष यस अवधिसम्म १ करोड रुपैयाँभन्दा बढी रहेकोमा यस वर्ष शुन्य रहेको अवस्था छ । दिर्घकालिन कर्जा गत वर्ष ९३ करोड ६१ लाख रुपैयाँभन्दा बढी रहेकोमा यस वर्ष ३ प्रतिशतभन्दा कम ९० करोड ५० लाख रुपैयाँभन्दा बढी कायम छ । यस कम्पनीको चुक्तापूँजी ४० करोड रुपैयाँ छ ।

    प्रतिक्रिया दिनुहोस