Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

बाइडेन र ट्रम्पबीच ह्वाइट हाउसमा बुधबार भेटवार्ता हुने


नया सडक

२०८१, कात्तिक २५ आइतबार

  • 138
    Shares

  • बाइडेन र ट्रम्पबीच ह्वाइट हाउसमा बुधबार भेटवार्ता हुने


    वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले चार वर्षअघिको चुनावमा आफूले पराजित गरेको रिपब्लिकन पार्टी र यसका नेता डोनाल्ड ट्रम्पलाई व्यवस्थित रूपमा सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएपछि दुई नेताबीच बुधबार ह्वाइट हाउसमा भेटवार्ता हुनेभएको छ । 

    सन् २०२० को चुनावमा हार अस्वीकार गर्नुभएका ट्रम्पले नोभेम्बर ५ मा भएको मतदानबाट अमेरिकी राष्ट्रपति पदमा उल्लेखनीय बहुमतसहित पुनरागमन गर्नुभएपछि राष्ट्रपति बाइडेनले व्यवस्थित रूपमा सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

    निवर्तमान र भावी राष्ट्रपतिहरूबीच यस प्रकारको भेटघाटलाई परम्परागत मानिन्छ तर जनवरी ६, २०२१ को क्यापिटल दङ्गामा परिणत भएको अप्रमाणित चुनावी धाँधलीको दाबी गर्दै ट्रम्पले तत्कालिन समयमा राष्ट्रपति निर्वाचित बाइडेनलाई व्यवस्थित  सत्ता हस्तान्तरण र भेटवार्ताका लागि निमन्त्रणा गर्नुभएको थिएन। 

    ट्रम्पले बाइडेनको शपथ ग्रहण समारोहमा भाग नलिई नजिर तोड्नुभएको थियो तर ह्वाइट हाउसले डेमोक्र्याटिक राष्ट्रपति आगामी समारोहमा सहभागी हुने जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस