Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

एफडी मोटर्सद्वारा विद्युतीय स्कूटर उत्पादनमा लगानीकर्ताको खोजी


नया सडक

२०८१, कात्तिक २५ आइतबार

  • 357
    Shares

  • एफडी मोटर्सद्वारा विद्युतीय स्कूटर उत्पादनमा लगानीकर्ताको खोजी

    काठमाडौँ । विद्युतीय स्कूटर (ईभी स्कूटर )को उत्पादन गर्न खोज्ने लगानीकर्ताका लागि एफडी मोटर्स ग्रान्थ ईभीले अवसर लिएर आएको छ ।२४० किमी रेन्जमा नेपालको जस्तो सुकै बाटेमा दुईजनालाई तान्न सक्ने ईभी स्कूटरमा लगानी गर्न सो कम्पनीले आह्वान गरेको हो ।सो कम्पनीले जारी गरेको विज्ञप्तिमा भनेको छ ‘नेपालको दुई पांग्रे विद्युतीय सवारीसाधन क्षेत्रमा हामी एउटा महत्वपूर्ण मोडमा छौँं र नेपालभरी विद्युतीय सवारीसाधनलाई पुर्याउन इच्छुक लगानीकर्ता र रणनीतिक साझेदारहरू खोजिरहेका छौं । हाल हामीले आयातित स्कुटरको बिक्री वितरण गर्दै आएका छौँ ।’

    यो एक नेपाल भित्रै स्थानीय रूपमा निर्माण गरिएको परियोजना हुने जनाउँदै कम्पनीले नेपालभित्र रोजगारी सिर्जना र आर्थिक वृद्धिमा योगदान पुर्याउने जनाएको छ ।्आईपीओमा जानेस्तरमा कम्पनी नपुगेकोले कम्पनीले नेपालमा निर्माण क्षमतालाई विस्तार गर्नुपर्ने जनाएको छ ।उत्पादन र वितरण सञ्जाललाई अझै मजबुत बनाएर नेपालको विभिन्न भूभागका लागि विशेष रूपमा डिजाइन गरिएको यो स्कुटर २४० किमि रेन्जको हुने दाबी गर्दै कम्पनीले यो स्कुटर नेपालमा रु २ लाख ८९ हजारमा उपलब्ध हुने  जनाएको छ । यसबाट आधुनिक विद्युतीय स्कुटरको मागलाई पुरा गर्न सक्ने विश्वासका साथ ईभी उत्पादन गर्न खोजेको कम्पनीले जनाएको छ ।

    ईभी स्कूटरको आपूर्ति देश भित्र र बाहिर समेत गर्न सकिने जनाउँदै लगानीकर्ताका लागि यो अवसर  रहेको जनाइएको छ ।इो नयाँ ईभी स्कूटरको  ब्याट्री र मोटरमा ७–१० वर्षको वारेन्टी दिइनेछ । यो नेपालका कुनै पनि उकालोमा दुईजना बोकेर सजिलै चढ्ने क्षमताको हुनेछ । नेपालको दुई पांग्रे विद्युतीय सवारीसाधनको बजारमा नेतृत्व गर्ने कम्पनीले लिएको जनाउँदै यसमा  विभिन्न खण्डहरू समेटिने जनाएको छ ।स्थानीय रूपमा निर्माण गरेर रोजगारका अवसर सिर्जना गर्नुका साथै कर राजस्व मार्फत नेपालको अर्थतन्त्रमा योगदान पुर्याउने गरी ल्याइएको यो योजना वातावरणमैत्री यातायात र दिगो विकासका लागि राष्ट्रिय लक्ष्यसँग पनि मेल खाने खालको भएको विज्ञप्तिमा जनाइएको छ ।भविष्यमा आईपीओ जारी गरी  मौका प्रत्येक नेपालीलाई सामेल गराउने विश्वास दिलाउँदै कम्पनीले लगानीकर्ता र ग्राहकलाई लगानी गर्न आग्रह गरेको छ । कम्पनीले ल्याएको ७ देखि १० वर्षको वारेन्टीले उत्पादनमा उपभोक्ताको विश्वास बढ्ने विश्वास लिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस