Logo

Dec 03 2024 | २०८१, मंसिर १८गते

images

नयाँसडक बुलेटिन : यस्ता छन्   कात्तिक २५ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू...


नया सडक

२०८१, कात्तिक २५ आइतबार

  • 267
    Shares

  • नयाँसडक बुलेटिन : यस्ता छन्   कात्तिक २५ आइतबारका मुख्यमुख्य आर्थिक समाचारहरू...

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज कात्तिक २५ आइतबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू....

    अर्थ समितिका काम प्रभावकारी बनाउन छलफल

     

    काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिका काम प्रभावकारी र नतिजामुखी ढङ्गले सञ्चालन गर्न छलफल भएको छ ।

     

    समितिको आजको बैठकमा कार्यसूची बनाउने र सदस्यहरुको सहभागिता बढाउने विषयमा छलफल भएको सभापति सन्तोष चालिसेले जानकारी दिनुभयो । समितिमा विचाराधिन विधेयकलाई चाँडो टुङ्ग्याउने तथा समितिका अन्य काम कारबाहीलाई प्रभावकारी बनाउन सदस्यहरुको बैठकमा उपस्थिति बढाउनेबारे पनि छलफल भएको उहाँको भनाइ छ ।

     

    “संसदीय समितिका बैठकहरुमा गणपूरक सङ्ख्या (कोरम) नपुग्ने समस्या छ । कोरम नपु¥याइ छलफल र निर्णयहरु गर्न नियमले मान्दैन”, आजको बैठकमा उहाँले भन्नुभयो, “सभामुखले पनि यस विषयमा चासो देखाउनु भएको छ । समितिका बैठक बोलाउँदा सबै दलका प्रमुख सचेतक तथा सचेतकहरुलाई जानकारी गराउने र सदस्यहरुको उपस्थिति बढाउने विषयमा पनि छलफल भएको छ ।”

    सगरमाथा जलविद्युत कम्पनीको शेयर मूल्य नेप्सेमा समायोजन

    काठमाडौं ।  आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सगरमाथा जलविद्युत कम्पनीको शेयर मूल्य समायोजना भएको छ  । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यस कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । 

     

    नेप्सेले कम्पनीको ४ दशमलव ७५ प्रतिशत प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू। ५८४ दशमलव २५ कायम भएको छ । नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो ।

    शेयर बजार : नेप्से परिसूचकमा ६२.५४ अंकले  बढेर २७३८.०६ बिन्दुमा,९ अर्ब ७७ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ ।आज नेप्से परिसूचकमा ६२.५४ अंकले  बढेर २७३८.०६ बिन्दुमा आएको छ । यस दिन ९ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 
    आज ६ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । सबै समूहका सूचक बढेका छन् ।

     

    हाइड्रोपावर समूह सबैभन्दा बढीले वृद्धि भएको छ । । 
    यस दिन ३ सय २५ कम्पनीको २ करोड २४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३८ करोडभन्दा बढीसहित कारोबार रकममा सानिमा जीआइसी इन्सुरेन्स  अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः समृद्धि फाइनान्स र  ङादी ग्रुप पावर परेका छन् । \

    लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको साधारण सभा मङ्सिर १६ गते , लाभांश वितरण प्रस्ताव पारित गर्ने

    काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले चौधौं वार्षिक साधारण सभा मङ्सिर १६ गते बोलाएको छ ।

     

    सभा लक्ष्मी सनराइज बैंक लक्ष्मी कम्पल्ेक्स हात्तिसार काठमाडौंमा दिनको ३ बजे शुरु गर्ने निर्णय गरेको हो ।

    सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चिती मुनाफाबाट शेयरधनीलाई रू. ७ करोड ७१ लाख ९४ हजार ७३६ दशमलव ८० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

    डिप्रोक्स लघुवित्तको ५२ हजार ७३५ कित्ता संस्थापक सेयर बिक्री खुला

    काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका संस्थापक सेयरधनी विष्णुप्रसाद न्यौपानेले आफ्नो स्वामित्वमा रहेको ५२ हजार ७३५ कित्ता सेयर बिक्रीमा ल्याएका छन् । उक्त संस्थापक सेयर खरिद गर्न ईच्छुक डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने व्यवस्था रहेकोले संस्थापक सेयरधनीहरुको जानकारीको लागि कम्पनीले सूचना प्रकाशित गरेको छ । 

    कुनै संस्थापक सेयरधनीलाई संस्थापक सेयर खरिद गरी लिन ईच्छा भएमा सूचना प्रकाशित भएको आजदेखि ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संलग्न गरी यस वित्तीय संस्थाको कर्पोरेट कार्यालय सितापाईला, काठमाण्डौमा के कति कित्ता संस्थापक सेयर कति मूल्यमा खरिद गरी लिने हो सोको व्यहोरा खुलाई आवेदन दिन अनुरोध गरेको छ ।

    माछापुच्छ्रे बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । माछापुच्छ्रे बैंकका १ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा ल्याएका छन् । संस्थापक शत्रुधन केसीले आफ्नो नाममा रहेको ३ लाख २५८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएका हुन् । यसमा, माछापुच्छ्रेकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसको भाउ भने तोकिएको छैन । 

    सेयर खरिद गर्न इच्छुक संस्थापकले आजदेखि ३५ दिनभित्र माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारा काठमाडौंमा आवेदन फारम बुझाउन सक्नेछन् ।

    शाइन रेसुंगा डेभलपमेन्ट बैंकले  सेयरधनीलाई ८ प्रतिशत लाभांश दिने

    काठमाडौं ।  शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई ८ प्रतिशत लाभांश घोषणा गरेको छ । यस बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । 

     

     

    उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी साधारण सभाबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

    ग्लोबल आइएमई बैंकको साधारण सभा मंसिर २७ गते , ५.५०  प्रतिशत लाभांश पारित गर्ने

    काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न मंसिर २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, नेपाल प्रज्ञा९पतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

     

    सभामा बैंकले ५.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।
    साधारण सभा प्रयोजनका लागि यस बैंकले मंसिर ९ गते बुक क्लोज गर्ने जानकारी गराएको छ ।

    आज सगरमाथा जलविद्युतको लाभांश सुरक्षित गर्ने  अन्तिम दिन

    काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज कात्तिक २५ गते आइतबार अन्तिम दिन हो । लाभांश तथा साधारण सभा प्रयोजका लागि यस कम्पनीले कात्तिक २६ गते बुक क्लोज गर्दैछ । आजसम्म कायम सेयरधनीले यस कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

     

    यस कम्पनीले गत वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद लाभांश गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न यस कम्पनीले मंसिर १४ गते साधारण सभा बोलाएको छ । सभा, स्मार्ट दरबार, शंखरपार्क, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ ।

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा निर्धारण गरेको छ ।
     
    युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ०७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ५४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।

     

    अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।जापानी येन १० को खरिददर आठ रुपैयाँ ८५ पैसा र बिक्रीदर आठ रुपैयाँ ८९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा तोकिएको छ ।

    सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको म्यागङमा सुन्तला टिप्न सुरु

    त्रिशूली (नुवाकोट)।  सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको यहाँको म्यागङ गाउँपालिकाका किसानले सुन्तला टिप्न सुरु गरेका छन् । सुन्तलाको मौसम सुरु भएसँगै बोटबाट प्रतिकिलो रु एक सयभन्दा बढी मूल्य पाएपछि किसानले सुन्तला टिप्न सुरु गरेका हुन् । विगतका वर्षमा मङ्सिर लागेपछि मात्रै बजारमा पुग्ने सुन्तला अहिले ठूलो एकादशी (देवीघाट) र दुप्चेश्वर महादेव मन्दिर (शिखरवेसी) मा लाग्ने जात्रालाई लक्षित गर्दै टिप्न थालिएको म्यागङ–२ बुङ्ताङका किसान छेप्पोन तामाङले बताउनुभयो । उहाँले अहिले सुन्तलामा ग्लुकोज (गुलियोपन) पस्न थालेको भन्दै खानयोग्य भएकाले टिप्न थालिएको जानकारी दिनुभयो । गत वर्ष प्रतिकिलो रु ८० मा बिक्री भएको सुन्तला यस वर्ष ‘ग्रेडिङ’ नहुँदै रु एक सयभन्दा बढी पाइपछि बिक्री गर्न थालिएको तामाङले बताउनुभयो ।

     

    “व्यवसायीले बगैँचा नै जिम्मा लिन आएपछि बजारको समस्या भएन”, उहाँले भन्नुभयो, “गत वर्षभन्दा बढी मूल्य पाएका छौँ ।

    एफडी मोटर्सद्वारा विद्युतीय स्कूटर उत्पादनमा लगानीकर्ताको खोजी

    काठमाडौँ । विद्युतीय स्कूटर (ईभी स्कूटर )को उत्पादन गर्न खोज्ने लगानीकर्ताका लागि एफडी मोटर्स ग्रान्थ ईभीले अवसर लिएर आएको छ ।२४० किमी रेन्जमा नेपालको जस्तो सुकै बाटेमा दुईजनालाई तान्न सक्ने ईभी स्कूटरमा लगानी गर्न सो कम्पनीले आह्वान गरेको हो ।सो कम्पनीले जारी गरेको विज्ञप्तिमा भनेको छ ‘नेपालको दुई पांग्रे विद्युतीय सवारीसाधन क्षेत्रमा हामी एउटा महत्वपूर्ण मोडमा छौँं र नेपालभरी विद्युतीय सवारीसाधनलाई पुर्याउन इच्छुक लगानीकर्ता र रणनीतिक साझेदारहरू खोजिरहेका छौं । हाल हामीले आयातित स्कुटरको बिक्री वितरण गर्दै आएका छौँ ।’

     

    यो एक नेपाल भित्रै स्थानीय रूपमा निर्माण गरिएको परियोजना हुने जनाउँदै कम्पनीले नेपालभित्र रोजगारी सिर्जना र आर्थिक वृद्धिमा योगदान पुर्याउने जनाएको छ ।्आईपीओमा जानेस्तरमा कम्पनी नपुगेकोले कम्पनीले नेपालमा निर्माण क्षमतालाई विस्तार गर्नुपर्ने जनाएको छ ।उत्पादन र वितरण सञ्जाललाई अझै मजबुत बनाएर नेपालको विभिन्न भूभागका लागि विशेष रूपमा डिजाइन गरिएको यो स्कुटर २४० किमि रेन्जको हुने दाबी गर्दै कम्पनीले यो स्कुटर नेपालमा रु २ लाख ८९ हजारमा उपलब्ध हुने  जनाएको छ । यसबाट आधुनिक विद्युतीय स्कुटरको मागलाई पुरा गर्न सक्ने विश्वासका साथ ईभी उत्पादन गर्न खोजेको कम्पनीले जनाएको छ ।

    सुनको मूल्य तोलामा पाँच सयले घट्यो , प्रतितोला १ लाख ६६ हजार रुपैयाँ

    काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले घटेर १ लाख ६६ हजार रुपैयाँ कायम भएको छ ।
    आइतबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १९ सय ६० रुपैयाँ कायम भएको छ ।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६८४.६४ डलरमा र चाँदी प्रतिऔंस ३१३ डलरमा कारोबार भइरहेको छ ।

    हवाई भाडा नियन्त्रणको माग गर्दै सांसद बजगाईंको नेतृत्वमा प्रदर्शन

    काठमाडौँ । हवाई भाडामा भएको महँगी नियन्त्रणको माग गर्दै आज नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंको नेतृत्वमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । टिकट महँगिएकाले मुलुकको नागरिक उड्डयन र पर्यटन क्षेत्रमा असर परेको भन्दै सांसद बजगाईंको नेतृत्वमा ब्यानर र प्लेकार्टसहित प्रदर्शन गरिएको हो । महङ्गो हवाई भाडा दर घटाउने उपाय खोज्न ध्यानाकर्षणका लागि दबाबस्वरूप प्रदर्शन गरिएको सांसद बजगाईंले बताउनुभयो ।

     

    नेपालमा हवाई भाडा महँगो हुँदा रोजगारीका सिलसिलामा विभिन्न देश जानुपर्ने मानिसहरू भारत हुँदै जान थालेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो । सांसद बजगार्इंले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण व्यवस्थापन र प्रभावकारी सञ्चालनका लागि साङ्केतिक दबाबका लागि पनि प्रदर्शन गरिएको बताउनुभयो ।

    मानव तस्करीमा आरोपी कोशीका पूर्व मन्त्री लीलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति

    काठमाडौँ  । प्रहरील  कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्ने अनुमति पाएको छ ।सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौंँमा पेश गरेकोमा प्रहरीलाई यस्तो अनुमति प्राप्त भएको हो ।अदालतले उनलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले जानकारी दिए ।

     

    अधिकारीलाई प्रहरीले आइतबार नै मोरङको विराटनगरबाट काठमाडौं ल्याएर अदालतसमक्ष प्रस्तुत गरेको हो ।अधिकारी एउटा कार्यक्रममा भाग लिन जापान गएका बेला ३ जना अपरिचित व्यक्ति पनि उनीसँगै गएका थिए । उनीहरुलाई भने नेपाल फर्किँदा त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरिसकेको छ ।

    उखु उत्पादक र चिनी उद्योगका समस्या समाधान गर्न मन्त्री भण्डारीको प्रस्ताव

    काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उखु उत्पादक किसान र चिनी उद्योगका समस्या दिर्घकालिन रुपमा समाधान गर्न प्रस्ताव गर्नुभएको छ ।

     

    नेपाल चिनी उद्योग सङ्घका पदाधिकारीसँगको आज मन्त्रालयमा भएको छलफलका क्रममा उहाँले उखु किसान र चिनी उत्पादक उद्योगीका समस्या सरकारले दीर्घकालीन रुपमा समाधान गर्नुपर्ने भएकाले सरोकारवालासहित एक विशेष कार्यदल बनाउन प्रस्ताव राख्नुभयो । 

     

    “उद्योग मन्त्रालयको आपूर्ति तथा उपभोक्ता हित महाशाखाका सहसचिवको नेतृत्वमा कृषि मन्त्रालय, चिनी उत्पादक उद्योगी, उखु उत्पादक किसान, चिनी आयातकर्ता र नेशनल साल्ट्र ट्रेडिङका प्रतिनिधि सम्मिलित विशेष कार्यदल बनाएर १५ दिनभित्रमा समस्या समाधानको निष्कर्ष निकाल्न मेरो अनुरोध छ, यो प्रक्रिया छिट्टै थाल्न म मन्त्रालयको मातहतका निकायमा निर्देश गर्छु”, मन्त्री भण्डारीले भन्नुभयो ।

    चाबहिलमा  काठ गोदाममा आगलागी

    काठमाडौं । काठमाडौं महानगरपालिकाको चाबहिलमा एक काठ गोदाममा आगलागी भएको छ ।

     


    काठमाडौं महानगरपालिकाको नगर प्रहरीका अनुसार चाबहिलको सरस्वतीनगरमा एक फर्निचर उद्योग र काठ गोदाममा आगलागी भएको हो ।


    अहिले महानगरको ४ वटा दमकलसहित सुरक्षाकर्मीको टोली आगो निभाउन खटिएको नगर प्रहरी उपरीक्षक विष्णु जोशीले जानकारी दिए ।

    राजस्व चुहावट नियन्त्रण गर्न आक्रामक बन्दै सरकार, जो कोहीलाई कारबाही गर्ने गरी राजस्व अनुसन्धान विभागले अभियान सञ्चालन गर्ने

    काठमाडौँ ।  सरकारले राजस्व चुहावट नियन्त्रण गर्न आक्रामक नीति अपनाउन लागेको छ । जो कोहीलाई कारबाही गर्ने गरी राजस्व अनुसन्धान विभागले अभियान सञ्चालन गर्ने र मातहतका कर्मचारी परिचालन गर्ने हालै सम्पन्न बैठकबाट निर्णय लिइएको हो ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थमन्त्रालयमा प्रतिवेदन गर्ने दुई बेग्ला बेग्लै अनुगमन टोली पनि बनाइएको छ ।

     

    भएको छलफलबाट गरिएको निर्णय अनुसार  राजस्व चुहावटलाई नियन्त्रण गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयमा राजश्व हेर्ने सम्बन्धित महाशाखा प्रमुखको संयोजकत्वमा सुरक्षा निकायका प्रहरी नायव महानिरीक्षकहरु समेत सदस्य रहने गरी दुई बेग्लाबेग्लै अनुगमन टोली गठन गर्ने निर्णय भएको छ ।  यी टोलीले राजस्व चुहावटको जोखिम भएका क्षेत्र र स्थान पहिचान गरी निगरानी बढाउने, अनुगमन गर्ने र नियन्त्रणका लागि आवश्यक कदम चाल्नुका  साथै यस कार्यको नियमित रुपमा क्रमशः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयमा प्रतिवेदन गर्न भनिएको छ ।

    आइतबार बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ बराबरको तरलता तान्दै राष्ट्र बैंंक

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकिङ प्रणालीमा तरलता अधिक भएपछि केन्द्रीय बैंकले ५० अर्ब रुपैयाँ बराबरको तरलता सोस्न लागेको हो ।

     

    निक्षेप संकलन उपकरण बोलकबोलको माध्यमबाट उक्त रकम खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरू मात्र सहभागी हुन पाउने भनिएको छ ।

    निक्षेप संकलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नु पर्नेछ । यसरी तानिएको रकमको साँवा र ब्याज एकमुष्ठ रूपमा राष्ट्र बैंकले मंसिर १६ गते भुक्तानी दिनेछ ।यसका लागि आइतबार २ बजेसम्मको समय दिइएको छ ।

    कक्षा ११ र १२ का पुराना विद्यार्थीले दिन पाउने भए मौका परीक्षा

    काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ का पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीहरूलाई मौका परीक्षाको अवसर दिएको छ। बोर्डले शुक्रवार सूचना जारी गर्दै मौका परीक्षाको आवेदन फारम भर्नका लागि अनुरोध गरेको छ।

     

    बोर्डका अनुसार  कक्षा ११ र कक्षा १२ सञ्चालनका लागि सम्बन्धन प्राप्त माध्यमिक विद्यालयरक्याम्पसमा अध्ययन गरेकाले यो अवसर पाउने छन्।

    ‘कक्षा ११ वा १२ को परीक्षामा सम्मिलित भई अङ्कन प्रणालीमा कुनै विषयमा अनुत्तीर्णरअनुपस्थित वा अक्षराङ्कन पद्धतिमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका (पुरानो ग्रेडिङ्ग प्रणाली अनुसार डी र इ ग्रेड प्राप्त गर्ने) परीक्षार्थीहरू (कक्षा १२ का लागि रजिष्ट्रेशन नम्बरको शुरुका दुई अङ्क ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ का लागि ५६ वा सोभन्दा बढी र ७६ वा सो भन्दा कम भएका)लाई अन्तिम एकपटकका लागि अनुत्तीर्ण भएका वा तोकिएको ग्रेडप्राप्त नगरेका विषयको परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ’, सूचनामा भनिएको छ।

    आजको मौसमः पहाडी भू–भागमा वर्षा, हिमाली भेगमा हिमपात

    काठमाडौं ।आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

     

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

    पहाडी भू–भागका थोरै स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी  तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस