Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

विन्ध्यवासिनी हाइड्रोपावरको साधारण सभा मंसिर ६ गते , ८ प्रतिशत बोनस सेयर वितरण गर्ने


नया सडक

२०८१, कात्तिक २६ सोमबार

  • 165
    Shares

  • विन्ध्यवासिनी हाइड्रोपावरको साधारण सभा मंसिर ६ गते , ८ प्रतिशत बोनस सेयर वितरण गर्ने

    काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।
    कम्पनीको वार्षिक साधारण सभा र बुक क्लोज मिति पनि तय भएको छ । साधारण सभा मंसिर ६ गते कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

    सभामा भर्चुअल माध्यमबाट पनि उपस्थित हुन सकिने कम्पनीले जानकारी गराएको छ । साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ ।साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि यसले कात्तिक २८ गते बुधबार बुक क्लोज गर्नेछ ।

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस