काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आरम्भ चौतारी लघुवित्तले २ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको भन्दा ७४५.६७ प्रतिशतले धेरै हो ।
यसअवधिमा कम्पनीको सञ्चालन नाफा पनि ७५४.७३ प्रतिशतले बढेर ३ करोड ७ लाख रुपैयाँ पुगेको छ । यसले गर्दा कम्पनीको नाफा बढ्न गएको छ ।
यसको खुद ब्याज आम्दानी पनि ३१.८६ प्रतिशतले बढेर ८ करोड ५५ लाख रुपैयाँ कायम भएको छ ।यो त्रैमाससम्म आइपुग्दा कम्पनीले खराब घटाउँदा पनि नाफा बढ्न पुगेको छ । गत वर्ष ५.४९ प्रतिशत रहेको आरम्भ चौतारीको खराब कर्जा अहिले घटेर २.१४ प्रतिशतमा झरेको छ ।
असोज मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ३६ करोड ७१ लाख रुपैयाँ छ । जगेडा कोषमा भने १४ करोड ६७ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि २० रुपैयाँ ६७ पैसाले बढेर २३ रुपैयाँ ४४ पैसा (वार्षिक) कायम भएको छ ।