Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको खुद नाफा २५.७३ प्रतिशत बढ्यो


नया सडक

२०८१, कात्तिक २६ सोमबार

  • 180
    Shares

  • प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको खुद नाफा २५.७३ प्रतिशत बढ्यो

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २५ दशलमव ७३ प्रतिशत वृद्धि भएको छ ।

    गत आवमा कम्पनीले रू. १० करोड ३ लाख नाफा कमाएकोमा चालू आवमा रू.१२ करोड ६२ लाख पुगेको छ । चालू आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । गत आवमा कम्पनीको कुल आम्दानी रू. १ अर्ब ४१ करोड रहेकोमा चालू आवमा बढेर रू. १ अर्ब ५७ करोड भन्दा बढी रहेको छ । 

    गत आवको पहिलो त्रैमाससम्म रू।१ अर्ब १२ करोड ५८ लाख खुद बीमाशुल्क आर्जन गरेको कम्पनीको चालु आवमा बढेर रू.१ अर्ब १७ करोड २९ लाख पुगेको छ ।
    चुक्ता पूँजी रू. ४ अर्ब ७२ करोड रहेको छ । कम्पनीले पहिलो त्रैमाससम्ममा रिटेन्ड अर्निङमा रू. ६२ करोड २५ लाख,महाविपत्ती कोषमा रू. ९ करोड ६९ लाख र शेयर प्रिमियममा रू.१ करोड ९३ लाख सञ्चिती गरेको छ । पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ३५ पैसा रहेकोमा चालू आवमा बढेर १० रुपैयाँ ६९ पैसा पुगेको छ । 

    प्रतिक्रिया दिनुहोस