Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

श्रम स्वीकृति प्राप्त नेपालीलाई भारतको बाटो भएर वैदेशिक रोजगारमा जान एनओसी नचाहिने


नया सडक

२०८१, कात्तिक २६ सोमबार

  • 333
    Shares

  • श्रम स्वीकृति प्राप्त नेपालीलाई भारतको बाटो भएर वैदेशिक रोजगारमा जान एनओसी नचाहिने

    काठमाडौँ । सरकारले श्रम स्वीकृति लिएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाहिने व्यवस्था लागु गरेको छ ।दिल्लीस्थित नेपाली राजदूतावासले साउदी अरब, कतार, कुवेत, संयुक्त अरब इमिरेट्स, ओमान, बहराइन, इराक, लिबिया र लेबनान जाँदा यस दूतावासबाट एनओसी लिनुपर्ने तर वैदेशिक श्रम स्वीकृति लिएका नेपाली नागरिकहरूलाई भने एनओसी आवश्यक नरहेको जनाएको हो ।

    साथै सूचना जारी गरी राजदूतावासले नेपाली कूटनीतिक÷आधिकारिक÷सेवा राहदानी धारकहरू, संयुक्त राष्ट्र संघ लायसेज–पासर (यूएनएलपी) भएका नेपाली नागरिकहरू र १६ वर्ष मुनिका नेपाली नाबालिगहरूलाई पनि एनओसी आवश्यक नपर्ने जनाएको छ ।अमेरिका, बेलायत तथा सेनजेन मुलुकको भिसा भएका नेपाली नागरिकहरूलाई पनि एनओसी चाहिने भएको जनाएपनि  रुस सरकारबाट छात्रवृत्ति प्राप्त गर्ने र व्यावसायिक भिसा हुनेहरू बाहेक रसिया जाने यात्रुहरूले भने दूतावास वा नेपालको कन्सुलर सेवा विभागबाट एनओसी प्राप्त गर्नुपर्ने जनाइएको छ ।

    ट्राभल एनओसी आवश्यक पर्ने नेपाली नागरिकहरूलाई इमेलमार्फत दूतावासको वेबसाइटमा उल्लेख गरिएका सबै आवश्यक कागजातहरू सहित तोकिएको मितिभन्दा कम्तीमा सात दिन अगाडि सम्पर्क गर्न दुतावासले अनुरोध गरेको छ । यात्रा एनओसीका लागि सेवा शुल्क प्रति व्यक्ति १००० भारू तोकिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस