Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

आज दुई हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने  अन्तिम दिन


नया सडक

२०८१, कात्तिक २७ मंगलबार

  • 294
    Shares

  • आज दुई हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने  अन्तिम दिन

    काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत रहेका २ कम्पनीकोे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । विन्ध्यबासिनी र मन्दाकिनी हाइड्रोपावरले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात कात्तिक २८ गते बुकक्लोज गर्दैछन् ।


    विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले कर प्रयोजनका लागि नगद लाभांश भने छुट्याएको छैन । 

    कम्पनीको वार्षिक साधारण सभा मंसिर ६ गते कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।


    मन्दाकिनी हाइड्रोपावरले लाभांश प्रस्ताव पारित गर्न मंसिर ७ गते साधारण सभा डाकेको छ । सभा, नेपाली चुलो, लाजिम्पाट काठमाडौंमा बिहान ८ बजेदेखि सुरु हुनेछ । साधारण सभामा कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । 

     बोनस वितरणपछि कायम हुने चुक्ता पुँजीबाट १ः१।२५ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि रहेको छ । कम्पनीले माथिल्लो सार्दी खोला जलविद्युत आयोजना २.९ मेगावाट परियोजना निर्माण गर्न, डल्फिन पावर प्रा।लि।मा लगानी गर्न तथा बैंक ऋण भुक्तानी गर्न हकप्रद सेयर निष्काशन गर्न लागेको जनाएको छ। 

     

    प्रतिक्रिया दिनुहोस