काठमाडौँ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २४ सय रुपैयाँले घटेर १ लाख ६२ हजार ६०० रुपैयाँ कायम भएको छ ।मंगलबार चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर १९ सय २५ रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६१७.९६ डलरमा र चाँदी प्रतिऔंस ३०।५९ डलरमा कारोबार भइरहेको छ ।