Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

माथिल्लो अरूण जलविद्युतमा लगानी गर्न विश्व बैंकसँग ऊर्जा मन्त्रीको आग्रह

माथिल्लो अरूण जलविद्युतमा लगानी गर्न विश्व बैंकसँग ऊर्जा मन्त्रीको आग्रह

  • काठमाडौँ । माथिल्लो अरूण जलविद्युतमा विश्व बैंकलाई लगानी गर्न आग्रह गरिएको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले  विश्व बैंकका प्रतिनिधिहरूसँग यस्तो आग्रह गरेका हुन् ।मंगलबार विश्व बैंकका प्रतिनिधिहरूसँगको भेटवार्ता मन्त्री खड्काले लगानीको बारेमा आग्रह गरे ।माथिल्लो अरूण जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन कार्य अगाडि बढाउन विश्व बैंकका प्रतिनिधिसँग यो आग्रह गरिएको हो ।

    अपर अरूण जलविद्युत आयोजनामा विश्व बैंकले यसअघि केही रकम लगानी गरिसकेको छ । यसमा थप आवश्यक लगानी जुटाई त्यसलाई टुंगोमा पु¥याउनुपर्ने आग्रह मन्त्री खड्काले उनीहरूसँग गरे ।माथिल्लो अरूण आयोजनालाई अगाडि बढाउने विषयमा ऊर्जामन्त्री खड्काले गतसाता भारतका विद्युत मन्त्रीसँग समेत छलफल गरेका थिए।भेटमा विश्व बैंकका प्रतिनिधिले मााथिल्लो अरूण आयोजनामा आउने समस्यालाई समाधान गर्नका लागि मन्त्रीसमक्ष आग्रह गरे ।

     

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij