Logo

Jun 19 2025 | २०८२, असार ५गते

Jun 19 2025 | २०८२, असार ५गते

images

विन्ध्यबासिनी र मन्दाकिनी हाइड्रोपावरको बोनस सेयर  मूल्य  नेप्सेमा समायोजन

विन्ध्यबासिनी र मन्दाकिनी हाइड्रोपावरको बोनस सेयर  मूल्य  नेप्सेमा समायोजन

  •  

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विन्ध्यबासिनी र मन्दाकिनी हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।विन्ध्यबासिनी हाइड्रोपावरको ८ प्रतिशत बोनस सेयरमा भाउ समायोजन भएको छ । 

    मंगलबारको अन्तिम कारोबार मूल्य ६८६ रुपैयाँलाई आधार मानेर विन्ध्यबासिनीको भाउ समायोजन गरिएको नेप्सेले जनाएको हो । मूल्य समायोजन पश्चात यसको सेयर भाउ ६३५.१९ रुपैयाँ कायम भएको छ ।
    मन्दाकिनी हाइड्रोपावरको ५ प्रतिशत बोनस सेयरमा भाउ समायोजन भएको छ ।  मंगलबारको अन्तिम कारोबार मूल्य ८४४.९० रुपैयाँलाई आधार मानेर मन्दकिनीको भाउ समायोजन गरिएको नेप्सेले जनाएको हो । 

    मूल्य समायोजन पश्चात यसको सेयर भाउ ८०४.६७ रुपैयाँ कायम भएको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij