Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

नागरिक लगानी कोषको खुद  नाफा १३.६२ प्रतिशतले बढ्यो

नागरिक लगानी कोषको खुद  नाफा १३.६२ प्रतिशतले बढ्यो

  •  

    काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा कम्पनीले ३० लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.६२ प्रतिशत बढी हो।
    आम्दानी बढेसँगै कम्पनीको खुद नाफा पनि बढेको हो। समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी ३.७९ प्रतिशत घटेको छ। कम्पनीको सेवा शुल्क तथा कमिशन आम्दानी १८.८६ प्रतिशत बढेको छ भने कुल आम्दानी १२.६० प्रतिशत बढेको छ। कम्पनीको खर्च भने समीक्षा अवधिमा ९.१९ प्रतिशत बढेको छ।
    नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७ पैसा घटेर १९ रुपैयाँ ८७ पैसामा झरेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा कम्पनीको यस्तो आम्दानी घट्न पुगेको हो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij