Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

पहिलो त्रैमाससम्म अरुण काबेली पावरको खुद नाफा ८ करोड ३३ लाखभन्दा बढी


नया सडक

२०८१, कात्तिक २८ बुधबार

  • 171
    Shares

  • पहिलो त्रैमाससम्म अरुण काबेली पावरको खुद नाफा ८ करोड ३३ लाखभन्दा बढी

    काठमाडौं । अरुण काबेली पावर लिमिटेड चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म ८ करोड ३३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म १५ करोड ९४ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले यस वर्ष नोक्सानी सुधार्दै ८ करोड ३३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गर्न सफल भएको हो ।

    अघिल्लो त्रैमाससम्म पनि कम्पनी ३१ करोड ३९ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको थियो । बाढी पहिरोका कारण आयोजनामा क्षति पुग्दा गत वर्ष कम्पनीले यस अवधिमा विद्युत विक्री आम्दानी गरेको थिएन । यस वर्ष भने विद्युत विक्रीबाट कम्पनीले २१ कोड ४३ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।

    वित्तीय खर्च यस वर्ष घटेको छ । गत वर्ष ९ करोड ५२ लाख रुपैयाँभन्दा बढी वित्तीय  खर्च भएको कम्पनीको यस वर्ष ६ करोड १० लाख रुपैयाँभन्दा बढी मात्र यो खर्च भएको हो । हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ८९ करोड ५९ लाख ४२ हजार रुपैयाँ छ । अदर इक्वीटी भने ९ करोड ६४ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ ।

    दिर्घकालिन कर्जा २ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको कुल दायित्व रकम २ अर्ब ५३ करोड रुपैयाँभन्दा बढी रहेको वित्तीय विवरणमा उल्लेख छ । 

    प्रतिक्रिया दिनुहोस