Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

अधिक तरलता भएपछि बैंकिङ प्रणालीबाट ५०  खर्ब खिच्दै राष्ट्र बैंक


नया सडक

२०८१, कात्तिक २८ बुधबार

  • 165
    Shares

  • अधिक तरलता भएपछि बैंकिङ प्रणालीबाट ५०  खर्ब खिच्दै राष्ट्र बैंक

    काठमाडौं ।  बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंकले आज फेरि ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । केन्द्रिय बैंकले २१ दिनका लागि निक्षेप संकलन बोलकबोल मार्फत ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो । बैंकिङ प्रणालीमा निरन्तर निक्षेप बढेपनि सोही अनुपातमा कर्जा लगानी हुन नसक्दा राष्ट्र बैंकलाई तरलता व्यवस्थापनमा सकस पर्न थालेको छ । 

    यस अघि राष्ट्र बैंकले गत कात्तिक २५ गते निक्षेप संकलन उपकरण मार्फत २१ दिनका लागि ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको थियो । त्यसअघि गत कात्तिक २१ गते २१ दिनका लागि १०० अर्ब तरलता प्रशोचन गरेको थियो । निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकले खिचेको १ खर्ब ५० अर्ब रुपैयाँ परिपक्क हुन बाँकी छ । 

    त्यस्तै राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले कात्तिक २७ गते मात्रै स्थायी निक्षेप सुविधा (एसडीएफ) मा १ खर्ब ५५ अर्ब ६० करोड रुपैयाँ राखेका छन् । निक्षेप संकलन र एसडीएफको गरेर बैंकहरुले लगानी गर्न नसकेको ३ खर्ब ५ अर्ब बढी रकम राष्ट्र बैंकमा जम्मा भएको छ । 

    केन्द्रीय बैंकले आज जारी गरेको निक्षेप संकलन उपकरणको दिउँसो २ बजे बोलकबोल हुने जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

    निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

     

    प्रतिक्रिया दिनुहोस