Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

एशियन हाइड्रोपावरले पहिलो त्रैमाससम्म  ७६ लाख २८ हजारभन्दा बढी खुद नाफा


नया सडक

२०८१, कात्तिक २८ बुधबार

  • 168
    Shares

  • एशियन हाइड्रोपावरले पहिलो त्रैमाससम्म  ७६ लाख २८ हजारभन्दा बढी खुद नाफा

    काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ७६ लाख २८ हजार नाफा कमाएको छ ।

    गत आवको पहिलो त्रैमासमा भने कम्पनी रू. २ लाख ३३ हजार नोक्सानीमा थियो । चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानीमा वृद्धि भएकाले र वित्तीय खर्च घटेकाले नाफामा गएको हो । गत आवमा कम्पनीको विद्युत विक्री बापतको आम्दानी रू. ४ करोड ७८ लाख रहेकोमा चालू आवमा बढेर रू. ५ करोड ३१ लाख पुगेको छ ।

    त्यस्तै कम्पनीको वित्तिय खर्च गत आवमा रू. ३ करोड १ लाख रहेकोमा चालू आवमा रू। २ करोड ६० लाखमा झरेको छ । 
    त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ २४ पैसा, प्रतिशेयर नेटवर्थ ९७ रुपैयाँ ३६ पैसा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस