Logo

Jun 18 2025 | २०८२, असार ४गते

Jun 18 2025 | २०८२, असार ४गते

images

सगरमाथा जलविद्युतको खुद नाफा २८.६६ प्रतिशतले घट्यो

सगरमाथा जलविद्युतको खुद नाफा २८.६६ प्रतिशतले घट्यो

  • काठमाडौं ।  चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सगरमाथा जलविद्युत कम्पनीले ३ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २८.६६ प्रतिशत थोरै हो । गत वर्ष कम्पनीले ५ करोड ४२ लाख रुपैयाँ नाफा कमाएको थियो । विद्युत् बिक्रीबाट हुने आम्दानी र सञ्चालन नाफा घटेसँगै खुद नाफा प्रभावित भएको हो ।

    विद्युत् बिक्रीबाट हुने आम्दानी १९.१३ प्रतिशतले घटेर ८ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ । सञ्चालन आम्दानी पनि २५.६२ प्रतिशतले घटेर ७ करोड ८६ लाख रुपैयाँमा आएको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij