Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

समता घरेलु लघुवित्तको एफपीओ शुक्रवार बाँडफाँट हुने


नया सडक

२०८१, कात्तिक २८ बुधबार

  • 237
    Shares

  • समता घरेलु लघुवित्तको एफपीओ शुक्रवार बाँडफाँट हुने

    काठमाडौं । समता घरेलु लघुवित्तको एफपिओ शुक्रवार अर्थात् कात्तिक २९ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार शुक्रवार बिहान ९ बजे क्यापिटलकै कार्यालय नारायणचौरमा बाँडफाँट हुने भएको हो ।
    सिडिएसका अनुसार एफपिओमा अन्तिम दिनसम्म १४ लाख ३४ हजार ३८९ जनाले २ करोड १३ लाख २९ हजार ८९० कित्ताका लागि आवेदन दिएका थिए । जस मार्फत २ अर्ब १३ करोड २९ लाख ८९ हजार रुपैयाँ संकलन भएको हो । जुन मागभन्दा ६० दशलमव ७८ गुणा बढी आवेदन हो । कम्पनीको एफपिओमा पाउनका लागि आवेदन दिएका १३ लाख ९९ हजार २९९ जनाको खाली हुने भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । एफपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ ।

    प्रतिक्रिया दिनुहोस