Logo

Jul 09 2025 | २०८२, असार २५गते

Jul 09 2025 | २०८२, असार २५गते

images

स्टक ब्रोकर्स एशोसिएसन र धितोपत्र ब्रोकर्स एशोसिएसनबीच मर्जर सम्झौता

स्टक ब्रोकर्स एशोसिएसन र धितोपत्र ब्रोकर्स एशोसिएसनबीच मर्जर सम्झौता

  •  

    काठमाडौँ ।  स्टक ब्रोकर्स एशोसिएसन र धितोपत्र ब्रोकर्स एशोसिएन एकआपसमा एकीकृत हुन सहमत भएका छन् ।  यहाँ आज आयोजित कार्यक्रममा स्टक ब्रोकर्स एशोसिएसनका तर्फबाट अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्स एशोसिएसनका तर्फबाट अध्यक्ष सागर ढकालले सम्झौतामा हस्ताक्षर गर्नुभयो । 

     

    दुवै संस्था एकीकृत भएसँगै स्टक ब्रोकर्स एशोसिएसनका नामबाट सञ्चालमा हुनेछ । शेयर बजारमा देखिएको विकृति र विसङ्गतिलाई हटाउँदै बजारको विकास र विस्तारका लागि दुवै संस्था एक भएर अघि बढ्नु परेको धितोपत्र ब्रोकर्स एशोसिएसनका अध्यक्ष सागर ढकालले बताउनुभयो । 

     

    “विसं २०७९ मा नयाँ धितोपत्र व्यवसायीहरुलाई अनुमतिपत्र दिएसँगै नयाँ र पुरानाबीच व्यवसायीबीच ध्रुवीकरण देखिएको थियो, त्यसलाई आजको समझदारीसँगै समाप्त पारेको छ”, ढकालले भन्नुभयो, “यसले पक्कै पनि हाम्रो पुँजीबजार र धितोपत्र व्यवसायीलाई नयाँ दिशानिर्देश गर्ने र यस अवसरले हामीलाई हाम्रो व्यावसायिकता अभिवृद्धि गर्दै हाम्रो हकहित संरक्षणमा एकीकृत भई काम गर्ने वातावरणको सिर्जना गर्नेछ भन्ने हामीले विश्वास लिएक छौँ ।”

     

    अध्यक्ष ढकालले आगामी दिनमा संयुक्त रुपमा एउटै संस्थाका रुपमा अगाडि बढ्दै पुँजीबजारको विकास, विस्तार र कारोबार सुरक्षा एवं लगानीकर्ता हित संरक्षणका लागि एकढिक्का भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । करिब २३ वर्षपछि पहिलोपटक धितोपत्र ऐन संशोधनका क्रममा रहेको र उक्त ऐनलाई व्यवसाय र व्यवसायीमैत्री बनाउन मर्जरपछिको संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाहमा विश्वास व्यक्त गर्नुभयो । 

     

    स्टक ब्रोकर्स एशोसिएसनका तर्फबाट अध्यक्ष धर्मराज सापकोटाले एकीकृत प्रयासले पुँजीबजारको विकास र विस्तारमा महत्त्वपूर्ण सहयोग पुर्‍याउनेमा विश्वास व्यक्त गर्नुभयो । 

     

    स्टक ब्रोकर्स एशोसिएसनका तर्फबाट मर्जर समितिका संयोजक पूर्वध्यक्ष सन्तोषराज मैनाली र सदस्यमा मदन पौडेल र सुयोग अधिकारी हुनुहुन्छ भने धितोपत्र ब्रोकर्स एशोसिएसनका तर्फबाट मर्जर समितिका संयोजक महासचिव कृष्ण गिरी तथा सदस्यमा सुमनकुमार मल्ल र सन्दीप विक्रम राणामा हुनुहुन्छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij