Logo

Nov 25 2024 | २०८१, मंसिर १०गते

images

पहिलो त्रैमासमा नेरुडे मिर्मिरे लघुवित्त २६ करोड ११ लाखभन्दा बढी नोक्सानमा


नया सडक

२०८१, कात्तिक २९ बिहीबार

  • 225
    Shares

  • पहिलो त्रैमासमा नेरुडे मिर्मिरे लघुवित्त २६ करोड ११ लाखभन्दा बढी नोक्सानमा

     

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेरुडे मिर्मिरे लघुवित्तको अधिकांश सूचकमा गिरावट देखिएको छ । यसअवधिमा यो लघुवित्त २६ करोड ११ लाख रुपैयाँ नोक्सानमा देखिएको छ ।
    यसको इम्पेयरमेन्ट चार्ज २ करोड ५१ लाखबाट बढेर २७ करोड पुगेको छ । यसअवधिमा नेरुडे मिर्मिरेले २६ करोड ५२ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ । यसको खराब कर्जा बढेर १६.१४ प्रतिशत पुगेपछि नोक्सान व्यहोरेको देखिन्छ ।

    यसअवधिमा कम्पनीको निक्षेप संकलन सामान्य बढेको छ भने र कर्जा लगानीमा गिरावट आएको छ । कम्पनीको खुद ब्याज आम्दानी भने ९४.१९ प्रतिशतले बढेको छ । यो लघुवित्त प्रतिसेयर ७४.३३ रुपैयाँ नोक्सान (वार्षिक) मा देखिएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस