Logo

Nov 22 2024 | २०८१, मंसिर ७गते

images

आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको खुद नाफा १९.५० प्रतिशतले बढ्यो


नया सडक

२०८१, कात्तिक २९ बिहीबार

  • 162
    Shares

  • आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको खुद नाफा १९.५० प्रतिशतले बढ्यो

    काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ६ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको तुलनामा १९.५० प्रतिशतले धेरै हो ।

     

     कम्पनीको कुल आम्दानी ७.७४ प्रतिशतले बढेर ४५ करोड ९३ लाख पैयाँ पुगेको छ । यसको कमिसनबाट हुने आम्दानी भने २९.५१ प्रतिशतले बढेको छ । यता, कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने १६.६० प्रतिशतले घटेको छ । यस अवधिमा लगानी तथा कर्जाबाट हुने आम्दानी १० करोड ४१ लाख रुपैयाँबाट घटेर ८ करोड ६८ लाखमा झरेको छ । 

    हाल यस इन्सुरेन्सको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा ३५ करोड रुपैयाँ रहेको छ । असोजसम्म यसले २२ करोड ४७ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा ०.२३ प्रतिशतले थोरै हो ।

     

     

    प्रतिक्रिया दिनुहोस