काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले २० करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३०.०६ प्रतिशतले धेरै हो । गत वर्ष यस कम्पनीले १५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २४.४३ प्रतिशत बढेर ४ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।
खुद बिमा शुल्क आर्जन ९.१४ प्रतिशतले बढेर ११ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । जीवन बिमा कोषको आकार २ खर्ब १० अर्ब ७९ करोड रुपैयाँ भन्दा धेरैको छ । चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँ रहेको यसको रिटेन्ड अर्निङमा ७१ करोड १९ लाख रुपैयाँ रहेको छ ।