Logo

Jun 18 2025 | २०८२, असार ४गते

Jun 18 2025 | २०८२, असार ४गते

images

आइएमई लाइफ इन्सुरेन्सको खुद नाफा ११.२२ प्रतिशतले बढ्यो

आइएमई लाइफ इन्सुरेन्सको खुद नाफा ११.२२ प्रतिशतले बढ्यो

  • काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आइएमई लाइफ इन्सुरेन्सले १४ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ११.२२ प्रतिशतले धेरै हो ।कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ८.०७ प्रतिशत बढेर ३४ करोड ३० लाख रुपैयाँ पुगेको छ । 

     खुद बिमा शुल्क आर्जन ११.९६ प्रतिशतले बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । कुल आम्दानी १६।०६ प्रतिशतले बढेर १ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । यसको जीवन बिमा कोषको आकार १० अर्ब ८६ करोड रुपैयाँ भन्दा धेरैको छ । 

    चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको यसको रिटेन्ड अर्निङमा १ अर्ब २३ करोड रुपैयाँ रहेको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij