
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
मुक्तिनताले ३ महिनाको २१ करोड २२ लाख रुपैयाँको व्यापार गरेको छ ।
गत वर्ष यसले ८ करोड ४६ लाख रुपैयाँको व्यापार गरेको थियो । व्यापार बढ्दा कम्पनी नाफामा गएको हो । वित्तीय खर्च ३८ लाखबाट घटेर २९ लाख ८४ हजार रुपैयाँमा झरेको छ । ७० करोड रुपैयाँ चुक्ता पुँजी रहेको मुक्तिनथाको अदर इक्विटी २ करोड ६ लाख ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी २.३६ रुपैयाँ रहेको छ । यसको प्रतिसेयर नेटवर्थ ९७।०५ रुपैयाँ रहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij