काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले मंसिर १० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, काठमाडौं ब्यांकेट, थापागाउँ, काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।
सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २८ गते बुक क्लोज गरिसकेको छ।