Logo

Nov 15 2024 | २०८१, कात्तिक ३०गते

images

मंसिरमा अधिकांश वाणिज्य बैंकहरूले ब्याजर घटाउँदा राष्ट्रि वाणिज्य बैंकले ब्याज दर बढायो


नया सडक

२०८१, कात्तिक ३० शुक्रबार

  • 159
    Shares

  • मंसिरमा अधिकांश वाणिज्य बैंकहरूले ब्याजर घटाउँदा राष्ट्रि वाणिज्य बैंकले ब्याज दर बढायो

    काठमाडौँ । मंसिर महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । मंसिर १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएको  ब्याजदर सूचीमा ११ वटा बैंकले ब्याजदर घटाएका हुन् ।मंसिरमा बैंकहरूको मुद्दती निक्षेपमा व्यक्तिगततर्फ औसत ब्याजदर ५.९७ प्रतिशत र संस्थागततर्फ औसत ४.६४ प्रतिशत कायम गरिएको छ । कात्तिकको तुलनामा व्यक्तिगततर्फ औसत ०.२१ प्रतिशत र संस्थागततर्फ ०.२७ प्रतिशत ब्याजदर घटेको देखिन्छ । कात्तिकमा बैंकहरूको ब्याजदर व्यक्तिगततर्फ औसत ६.२२ प्रतिशत थियो ।  संस्थागततर्फ ४.९७ प्रतिशत ब्याजदर थियो ।

    bank rate mansir.png

    ११ बैंकले ब्याजदर घटाउँदा ८ बैंकले भने ब्याजदर स्थिर राखेका छन् । तर, मंसिरमा राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दतीमा ०.२ प्रतिशत ब्याजदर बढाएर ६ प्रतिशत पुर्याएको ।मंसिर महिनामा सबैभन्दा बढी ब्याजदर एनआईसी एशिया बैंक रहेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ६.७९ प्रतिशत ब्याजदर तोकेको छ । साथै, सबैभन्दा कम ब्याजदर लक्ष्मी सनराइज बैंकको ५.५ प्रतिशत तोकेको छ ।
     

    प्रतिक्रिया दिनुहोस