Logo

Nov 15 2024 | २०८१, कात्तिक ३०गते

images

एसियन लाइफ इन्सुरेन्सको खुद नाफा ४२.०७ प्रतिशतले बढ्यो


नया सडक

२०८१, कात्तिक ३० शुक्रबार

  • 96
    Shares

  • एसियन लाइफ इन्सुरेन्सको खुद नाफा ४२.०७ प्रतिशतले बढ्यो

    काठमाडौं । एसियन लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ४२.०७ प्रतिशतले धेरै हो ।यसअवधिमा कम्पनीको खुद बिमा शुल्क आम्दानी बढेपछि नाफामा सुधार आएको हो । यस कम्पनीको खुद बिमा शुल्क आम्दानी १२.२३ प्रतिशतले बढेर २ अर्ब १ करोड रुपैयाँ पुगेको छ । यता, कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी भने २.४२ प्रतिशतले घटेर ८५ करोडमा झरेको छ । यसको जीवन बिमा कोषमा ४४ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । 

    हाल एसियन लाइफ इन्सुरेन्सको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । कम्पनीले ४२ प्रतिशत हकप्रद सेयर बिक्रीबाट पुँजी वृद्धि गर्ने योजना बनाएको छ । यसको रिटेन्ड अर्निङमा ४५ करोड ९२ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी पनि बढेर १५.६४ रुपैयाँ पुगेको छ । 

     

     

    प्रतिक्रिया दिनुहोस