Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सिंहदरबारमा

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सिंहदरबारमा

  • काठमाडौँ । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक सिंहदरबारमा बसेको छ । समितिको ५३औं बैठकले विभिन्न विकास आयोजनासहित सरकारी कामकारबाहीमा परेका समस्या फुकाउन विभन्नि निर्णयहरु गर्ने अपेक्षा गरिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा सबै मन्त्रालयहरुले गरेका कामकारवाही र समस्याहरुको समीक्षा पनि गर्नेछ । बैठकमा सबै मन्त्रीसहित सचिवहरुसहित प्रदेशका मुख्यमन्त्री र राष्ट्रिय योजना आयोगका पदाधिकारीहरु पनि सहभागी छन् ।

    राष्ट्रिय विकास समस्या समाधान समिति विकास र योजना सम्बन्धी राज्यको सबैभन्दा उपल्लो मञ्चमा सबै सरोकारवालाले विकास र सेवा प्रवाहमा आइपरेका समस्याबारे छलफल गर्छन् र मन्त्रालयगत तथा अन्तरतह तथा निकायगत समस्याहरु समाधानका लागि निर्णयहरु लिइन्छ ।अन्तरसरकारी समन्वयलाई थप दरिलो बनाउने भन्दै यस्तो समिति बनाइएको भएपनि यो समितिले गरेको निणय समेत कार्यान्वयन नहुने अवस्थाका कारण यसको औचित्यमाथि नै प्रश्न उठ्ने गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij