Logo

May 30 2025 | २०८२, जेठ १६गते

May 30 2025 | २०८२, जेठ १६गते

images

हिमालयन रिइन्सुरेन्सको  खुद नाफा २९.२२ प्रतिशतले बढ्यो

हिमालयन रिइन्सुरेन्सको  खुद नाफा २९.२२ प्रतिशतले बढ्यो

  • काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म हिमालयन रिइन्सुरेन्स लिमिटेडले २२ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षकोस सोही अवधिको तुलनामा २९.२२ प्रतिशतले धेरै हो ।
    यस कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ६९.३६ प्रतिशत बढेर ३१ करोड २१ लाख रुपैयाँ पुगेको छ । जसकारण नाफामा सुधार आएको हो ।

    खुद बिमा शुल्क संकलन १०.९५ प्रतिशतले बढेर ९२ करोड ४४ लाख रुपैयाँ पुगेको छ । बिमा कोषको आकार ७ अर्ब १९ करोड रुपैयाँ भन्दा धेरैको छ ।

    चुक्ता पुँजी १० अर्ब ४० करोड रुपैयाँ रहेको हिमालयनको रिटेन्ड अर्निङमा ८१ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij