काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिद्धार्थ प्रिमियर इन्सुरेन्सले ६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ५४.३० प्रतिशतले थोरै हो ।
यसको लगानी तथा कर्जाबाट हुने आम्दानी २१.३९ प्रतिशतले घटेर १४ करोड ८९ लाख रुपैयाँमा झरेको छ ।कम्पनीको कमिसनबाट हुने आम्दानी पनि १४.०५ प्रतिशततले घटेको छ ।
यसअवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन भने १.३९ प्रतिशतले बढेर ३४ करोड ७१ लाख रुपैयाँ कायम भएको छ । गत वर्षको यसैअवधिमा कम्पनीले ३४ करोड २३ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
असोज मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँ छ । यसको रिटेन्ड अर्निङमा १ अर्ब १७ करोड रुपैयाँ रहेको छ ।