Logo

Nov 15 2024 | २०८१, कात्तिक ३०गते

images

सोल्टी होटलले पहिलो त्रैमाससम्म १२ करोड ११ लाखभन्दा बढी खुद नाफा


नया सडक

२०८१, कात्तिक ३० शुक्रबार

  • 84
    Shares

  • सोल्टी होटलले पहिलो त्रैमाससम्म १२ करोड ११ लाखभन्दा बढी खुद नाफा

    काठमाडौं  । सोल्टी होटल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार होटलको आम्दानीसँगै नाफा पनि बढेको छ । कम्पनीले चालु आवको असोजमसान्तसम्म १२ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको छ । नाफा गत आवको यसै अवधिको तुलनामा १८.३४ प्रतिशतले बढेको हो।


    अघिल्लो आर्थिक वर्षको असोज मसान्तसम्ममा ३९ करोड ९६ लाख आम्दानी गरेकोमा चालु आवको असोजमसान्तसम्म ५१ करोड ४३ लाख आम्दानी गरेको छ । होटलको खर्च समेत २९ प्रतिशतले बढेको छ ।

    ९२ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस होटलको जगेडा कोषमा १ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। समीक्षा अवधिमा होटलको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३० पैसा तथा प्रतिसेयर नेटवर्थ २६ रुपैयाँ ६२ पैसा रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस