Logo

May 30 2025 | २०८२, जेठ १६गते

May 30 2025 | २०८२, जेठ १६गते

images

नेको इन्सुरेन्सले पहिलो त्रैमाससम्म ७ करोड ४ लाखभन्दा बढी खुद नाफा

नेको इन्सुरेन्सले पहिलो त्रैमाससम्म ७ करोड ४ लाखभन्दा बढी खुद नाफा

  • काठमाडौं ।  चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नेको इन्सुरेन्सले ७ करोड ४ लाख ६८ हजार खुद नाफा कमाएको छ । कम्पनीको नाफा गत आर्थिक वर्षको यसै अवधिको तुलनामा झण्डै २० प्रतिशत कम हो ।

    आम्दानी भन्दा खर्च बढेपछि कम्पनीको नाफा प्रभावित भएको हो । समीक्षा अवधिमा कम्पनीको बिमाशुल्क संकलन ३।१२ प्रतिशत बढेको छ भने दाबी भुक्तानी १४.९९ प्रतिशते बढेको देखिन्छ । कम्पनीले यस अवधिमा २८ करोड ५५ लाख बिमाशुल्क संकलन गरेको छ भने २३ करोड ३३ लाख दाबी भुक्तानी गरेको छ । कम्पनीको कुल खर्च  ७.४५ प्रतिशतले बढेर ३९ करोड ८२ लाख पुगेको छ ।

    असोज मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ रहेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij