Logo

Nov 17 2024 | २०८१, मंसिर २गते

images

माई खोला हाइड्रोपावर लिमिटेडको साधारण सभा मंसिर १४ गते


नया सडक

२०८१, मंसिर २ आइतबार

  • 108
    Shares

  • माई खोला हाइड्रोपावर लिमिटेडको साधारण सभा मंसिर १४ गते

     

    काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडको मंसिर १४ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, स्मार्ट दरबार, शंखरपार्क, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले यसपटक लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । 

     आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । साधारण सभा प्रयोजनका लागि यस कम्पनीले कात्तिक २९ गते बुक क्लोज गरिसकेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस