Logo

Jan 18 2025 | २०८१, माघ ५गते

Jan 18 2025 | २०८१, माघ ५गते

images

जोशी हाइड्रोपावर पहिलो त्रैमाससम्म ४८ लाख ८ हजार रुपैयाँ घाटामा

जोशी हाइड्रोपावर पहिलो त्रैमाससम्म ४८ लाख ८ हजार रुपैयाँ घाटामा

  • काठमाडौं ।  चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा जोशी हाइड्रोपावरको नोक्सानी घटेको छ । यसअवधिमा यसले ४८ लाख ८ हजार रुपैयाँ नोक्सान व्यहोरेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा यसले ४ करोड ८७ लाख १३ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।

    सञ्चालन नाफा बढेसँगै यसको नोक्सानी घटेको हो । यसअवधिमा यसले ५७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । असार मसान्तसम्ममा यसले ६६ लाख ६९ हजार रुपैयाँ सञ्चान नोक्सानी व्यहोरेको थियो । असोज मसान्तसम्म आइपुग्दा यसले विद्युत् बिक्रीबाट ९८ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको छ । 

    असोज मसान्तसम्म यसको चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँ छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij