Logo

Nov 18 2024 | २०८१, मंसिर ३गते

images

चीन सरकारले अनुमति नदिँदा उपल्लो डोल्पामा नुन ढुवानीमा समस्या


नया सडक

२०८१, मंसिर ३ सोमबार

  • 27
    Shares

  • चीन सरकारले अनुमति नदिँदा उपल्लो डोल्पामा नुन ढुवानीमा समस्या

    काठमाडौँ । चीन सरकारले अनुमति नदिएका कारण उपल्लो डोल्पामा नुन ढुवानी गर्न नसकिएको साल्ट ट्रेडिङले जनाएको छ । उपल्लो डोल्पाको तिन्जे बिक्री केन्द्रबाहेक अन्य ठाउँमा आयोडिनयुक्त नुन पु¥याउने क्रम जारी रहेको जनाउँदै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको प्रदेश कार्यालय, नेपालगञ्जका प्रमुख मनोज चौधरीले यस्तो जानकारी सार्वजनिक गरेका हुन् ।

    कर्णालीका पूरै र लुम्बिनीमा आयोडिनयुक्त नुन नेपालगञ्जबाट ढुवानी गरिँदै आएको छ । प्रमुख चौधरीका अनुसार कर्णालीका हुम्ला, मुगु र डोल्पामा आयोडिनयुक्त नुन नपुग्ने समस्या यो वर्ष समाधान भएको छ ।कर्णालीका जिल्लाहरुमा प्रति पोका रु नौ रुपैयाँले आयोडिनयुक्त नुन बिक्री हुने गरेको छ ।ढुवानीमा अनुदानका कारण उक्त नुन प्रतिकिलो नौ रुपैयाँ परेको छ । डोल्पाको सदरमुकाम दुनैमा २ हजार ५ क्विन्टल कोटामध्ये हालसम्म १ हजार १ सय क्विन्टल नुन ढुवानी भइसकेको छ । जुफाल डिपोमा ५ सयमध्ये ३ सय क्विन्टल, काइगाउँमा ३ सय कोटामध्ये हालसम्म नुन पु¥याइएको छैन । ढुवानीको क्रममा बाटोमै रहेको साल्ट ट्रेडिङले जनाएको छ ।

    कर्णालीमा अझैपनि आयोडिनयुक्त नुन पु¥याउनै कठिन छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कर्णालीका सबै डिपोहरुमा नुन ढुवानी गरिरहेको छ । सरकारले ढुवानी भाडामा अनुदान दिइ साल्ट ट्रेडिङले कर्णालीका जिल्लामा आयोडिनयुक्त नुन सहुलियतामा बिक्री गर्दै आएको छ ।त्रिपरासुन्दरीको लिकुमा ३ सय कोटा निर्धारण गरिएकामा ढुवानीको क्रममा रहेको प्रदेश कार्यालयले जनाएको छ । मुडकेचुलाको सर्मीमा ३ सय क्विन्टलमा सबै नुन पुगेको छ । तिन्जेमा १ हजार ८ क्विन्टल कोटा निर्धारण गरेकामा हालसम्म पु¥याउन सकेको छैन ।

    हुम्ला सदरमुकाम सिमीबोटमा १ हजार ६ सय क्वीन्टल कोटा निर्धारण गरिएकामा हालसम्म १ हजार १५० क्विन्टल ढुवानी भइसकेको छ । याल्वाङ डिपोमा ५ सय क्विन्टल कोटा निर्धारण गरिएकामा हालसम्म ढुवानी हुन सकेको छैन । सार्केगाडमा ९ सय क्विन्टलमध्ये ढुवानीको क्रममा बाटोमा रहेको प्रदेश प्रमुख चौधरीले जानकारी सार्वजनिक गरेका हुन् । उनका अनुसार श्रीकोट डिपोमा ९ सय क्विन्टल कोटा भएकोमा ढुवानीको क्रममा छ । सदरमुकाममा भने हवाई मार्गबाट नुन ढुवानी गर्ने कार्ययोजना रहेको छ । श्रीकोट र सार्केगाड साल्ट ट्रेडिङ् कर्पोरेशनका बिक्री केन्द्र हुन् ।

    मुगु सदरमुकामका डिपोमा २ हजार ५ सय क्विन्टलको कोटा रहेकामा हालसम्म १ हजार १ सय क्विन्टल ढुवानी भइसकेको छ । बाँकी ढुवानीको क्रममा छ । सोरुकोटमा ९ सय क्विन्टलमध्ये ५ सय क्विन्टल ढुवानी भएको छ । श्रीकोटमा ९ सय क्विन्टल ढुवानी भएको छ । मुगुमकार्मरोङ गाउँपालिकामा १ हजार क्विन्टल कोटा रहेकामा हालसम्म ढुवानी भएको छैन । सदरमुकामबाट नै यहाँको माग र आपूर्ति व्यवस्था हुँदै आएको साल्ट ट्रेडिङले जनाएको छ ।

    जुम्लाका सबै स्थानीय तहमा नुन पु¥याउन स्थानीय तहहरुसँग सहकार्य भइ सोही अनुसार ढुवानी भइरहेको छ । उनका अनुसार सदरमुकाममा ४ हजार क्विन्टलमध्ये २ हजार १५० क्विन्टल ढुवानी भएको छ । नराकोटमा १ हजारमा हालसम्म ४५० क्विन्टल पठाएको छ । गोरुचौरमा १ हजारमध्ये ५ सय क्विन्टल नुन पु¥याएको छ ।जाजरकोटका सात पालिकामध्ये सदरमुकामसहित चार ठाउँमा नुन बिक्री हुँदै आएको छ । सदरमुकाममा २ हजार ५ सयमा १ हजार २ सय मात्र ढुवानी भएको छ । नलगाडको दल्लीमा १ हजार ५ सय क्विन्टल ढुवानी भएको छ ।

    पश्चिम जाजरकोटको थलहमा १ हजार २ सय क्वीन्टलमध्ये ४५० क्विन्टल ढुवानी भएको छ । तागामा ३ सय क्विन्टल कोटामध्ये सबै पुगेको छ । रुकुम पश्चिमको ४ हजार ५ सय क्विन्टल कोटा मध्य हालसम्म ८५० क्विन्टल ढुवानी भएको छ । चौरजहारीमा ८ सय क्विन्टल मध्ये ३४० क्विन्टल मात्र ढुवानी भएको छ ।कालिकोटमा ३ हजार ५ सय क्विन्टलमध्ये ७५० क्विन्टल ढुवानी भएको छ । रासकोट डिपोमा १ हजार २ सय क्विन्टलमध्ये २४० क्विन्टल ढुवानी भएको छ । बाँकी ढुवानीको प्रक्रियामा छ । ठेक्का प्रक्रियाबाट ढुवानी हुने भएकाले ढुवानीकर्ताले आफू अनुकुलमा ढुवानी गर्दै आएका छन् । उपल्लो डोल्पामा कोभिड देखि आयोडिन युक्त नुन ढुवानी हुन सकेको छैन । हिमाली जिल्लाहरुमा चिसो र हिमपातका कारण नुन ढुवानीमा समस्या हुने गरेको छ ।

    उपल्लो डोल्पा, हुम्लाको माथिल्लो भाग र मुगुको माथिल्लो क्षेत्रमा ढुवानीमा समस्या हुँदै आएको छ । स्थानीय तहहरुले समन्वय गरेर नुन लिएमा सबेलाई सहज हुने लिमिटेडको भनाइ छ । हाल निर्धारण गरिएको नुनको कोटा कर्णालीको हालको जनसंख्यालाई अपुग भएको स्थानीय तहका प्रमुखहरुले बताउँदै आएका छन् । दैलेखमा नुनको बिक्री केन्द्र नै छैन । कर्णालीको सबै स्थानीय तहमा साल्ट ट्रेडिङसँग सहकार्य गरेर नुन लिन पु¥याउन सकेमा सबैका लागि सजिलो हुने साल्ट ट्रेडिङले जनाएको छ ।आयोडिनयुक्त नुनको आवश्यकता र माग दुवै उच्च रहेको स्थानीय तहका प्रमुखहरु बताउँछन् । 

     

    प्रतिक्रिया दिनुहोस